When a Teacher Behaves Unethically

"When teachers break the precepts, behaving in ways that are clearly damaging to themselves and others, students must face the situation, even though this can be challenging, criticize openly, that's the only way."


His Holiness the Dalai Lama



"Each student must be encouraged to take responsible measures to confront teachers with unethical aspects of their conduct. If the teacher shows no sign of reform, students should not hesitate to publicize any unethical behavior of which there is irrefutable evidence. This should be done irrespective of other beneficial aspects of his or her work and of one's spiritual commitment to that teacher. It should also be made clear in any publicity that such conduct is not in conformity with Buddhist teachings. No matter what level of spiritual attainment a teacher has, or claims to have reached, no person can stand above the norms of ethical conduct."


Fred von Allmen, Brendan Lee Kennedy, Ven. Ajahn Amaro, Bodhin Kjolhede Sensei, Jack Kornfield, Martine Batchelor, Dharmachari Kulananda, Stephen Batchelor, Jakusho Bill Kwong Roshi, Alex Berzin, Lama Namgyal (Daniel Boschero), Ven. Thubten Chodron (Cherry Greene), Ven. Tenzin Palmo, Lama Drupgyu Crony Chapman), Ven. Thubten Pende (James Dougherty), Lopon Claude aEsnee, Lama Surya Das (Jeffrey Miller), Edie Irwin, Robert Thurman, Junpo Sensei (Denis Kelly), Sylvia Wetzel.

गुरुले अनैतिक व्यवहार गरेमा

“गुरुले नियम उल्लङ्घन गरी स्पष्ट रूपमा आफू र अरूलाई क्षति पुर्‍याउने किसिमले व्यवहार गरेमा विद्यार्थीहरूले त्यस्तो अवस्थाको डटेर सामना गर्नुपर्ने हुन्छ, चुनौतीपूर्ण नै हुने भए पनि खुल्ला रूपमा त्यसको प्रतिवाद गर्नुपर्छ, एकमात्र उपाय त्यही नै हो ।”


दलाइ लामा



“प्रत्येक विद्यार्थीलाई गुरुका व्यवहारका अनैतिक पक्ष विरुद्ध प्रतिवाद गर्न जिम्मेवार कदमहरू चाल्न प्रोत्साहित गरिनुपर्छ । यदि गुरुमा सुधारको कुनै सङ्केत देखिएन भने शिष्यहरूले अकाट्य प्रमाण भएका कुनै पनि अनैतिक व्यवहारहरूको बारेमा प्रचार-प्रसार गर्न हिच्किचाउनु हुँदैन । गुरुका कार्यहरूको लाभदायी पक्ष र सो गुरुप्रति सम्बन्धित शिष्यको आध्यात्मिक वचनबद्धताको पनि ख्याल नगरी यस कार्यलाई अगाडि बढाउनुपर्छ । बाहिर सार्वजनिक गरिने कुनै पनि प्रचार-सामग्रीमा त्यस्तो आचरण बुद्ध धर्मको शिक्षा अनुरूप नभएको कुरा पनि स्पष्ट पार्नुपर्दछ । त्यस्ता गुरुले जुन तहको आध्यात्मिक सिद्धी प्राप्त गरे पनि वा प्राप्त गरेको दाबी गरे पनि नैतिक आचरणका नियमहरू भन्दा माथि कोही पनि रहन सक्दैन ।”


फ्रेड वोन आल्मेन, ब्रेण्डान ली केन्नेडी, वेन. अजान अमारो, बोधिन क्जोल्हेदे सेन्से, ज्याक कर्नफिल्ड, मार्टिन ब्याचेलर, धर्मचारी कुलानन्द, स्टेफेन ब्याचेलर, जाकुशो बिल, क्वोङ रोशी, आलेक्स बर्जिन, लामा नाम्ग्याल (ड्यानियल बोशेरो), वेन. थुप्देन चोद्रोन (चेरी ग्रीन), वेन. तेन्जिन पाल्मो, लामा द्रुप्ग्यु (क्रोनी च्याप्म्यान), वेन. थुप्देन पेण्डे (जेम्स डोगर्टी), लोपोन क्लडिया एस्नी, लामा सूर्य दास (जेफ्री मिलर), एडी अर्विन, रबर्ट थर्मन, जुन्पो सेन्से (डेनिस केली), सिल्भिया वेट्जेल ।

Statement

This website no longer represents the organization run by Mr Ramlal Bomjon aka Buddha Boy, aka Palden Dorje, aka Maha Sambodhi Dharma Sangha, aka Maitreya Guru Maha Sambodhi Dharma Sangha, aka Tapasvi, and has reduced its content due to a long series of grave problems that could not be resolved internally.

At the highest levels within the organization all the way to Mr Ramlal Bomjon himself, lies, cover-ups, divisions, discrimination, and even criminal activities have plagued the proclaimed objectives of compassion and unity that are advertised publicly.

Letters have been sent to inform Mr Ramlal Bomjon and to give him the opportunity of correcting both the causes, the processes, and the disastrous consequences that such actions have had and truly aligning that organization's practices to the stated objectives of truth, compassion and unity. To this day he has never answered any of the reported issues. Instead, the situation kept worsening. Just recently he named around himself even more controversial individuals, which appears to indicate his total disregard with compliance to the laws and regulations of both Nepal and other countries.

His choice of individuals at key positions in his organization can only lead to the results and scandals that have been witnessed so far, as the number of qualified, meriting, capable people has been reduced dramatically. In light of that we deem necessary to warn the public, and invite everyone to extreme caution when dealing with Mr Ramlal Bomjon's organization.

As the speeches he gives appear to display the fundamentals also present in Buddhism, it has been decided to leave that content so the readers may form their own opinion about that content. In the absence of any possibility to directly ask important questions to him and receive clear and direct responses from him, one can only use his or her own judgement to form an opinion as to the validity of those speeches when examined in the light of the actual actions performed by people in his entourage, which are the direct consequence of instructions he himself has given.

In the future we will make public all the issues that have not found a resolution through dialogue and cooperation within the organization still in the hope that once out in the open, those would help create the necessary conditions to prevent that these excesses and unethical behaviours continue flourishing. In the hope also that the noble goals of compassion, truth and unity, which are more important than any single person, even Mr Ramlal Bomjon himself, may be still the aim and goals we can share with ALL our fellow human brothers and sisters, without any exception.

Until such a time this website will serve as a hub for presenting to the general public all the aspects of what has been actively covered up or lied about.

विज्ञप्ति

यो वेबसाइटले अबदेखि श्री रामलाल बम्जन, उर्फ बुद्ध ब्वाइ, उर्फ पाल्देन दोर्जे, उर्फ महा सम्बोधी धर्म संघ, उर्फ मैत्रेय गुरु महा सम्बोधी धर्म संघ, उर्फ तपस्वीद्वारा सञ्चालित सङ्गठनको प्रतिनिधित्व गर्दैन र आन्तरिक रूपमा समाधान हुन नसक्ने अनगिन्ती गम्भीर समस्याहरूको कारणले यसका धेरै विषयवस्तुहरू हटाइएको छ ।

श्री रामलाल बम्जनसम्म नै संगठनको उच्च तहमा रहेको झूट, असत्य, विभाजन, विभेद, र अपराधी कार्यसम्मले सार्वजनिक रूपमा प्रचार गरिएको करुणा र एकताको घोषित उद्देश्यलाई ग्रसित तुल्याइसकेको छ ।

श्री रामलाल बम्जनलाई पत्रहरू पठाई कारक, प्रक्रियाहरूको साथसाथै त्यस्ता कार्यकलापहरूको कारणले निम्त्याएका दु:खद परिणामहरूलाई सच्याउने र संगठनका अभ्यासहरूलाई सत्य, करुणा र एकताका निर्धारित उद्देश्यहरू तर्फ डोर्‍याउन अवसर दिइएको थियो । आजको दिनसम्म उहाँले जानकारी गराइएका कुनै पनि सवालहरूको उत्तर दिनुभएको छैन । त्यसको सट्टा, अवस्था अझ नाजिक हुँदै गएको छ । भर्खरै उहाँले आफ्नो वरिपरि अझ विवादास्पद व्यक्तिहरूलाई नियुक्त गर्नुले नेपाल र अन्य देशको कानुन र नियमको उपेक्षा गरेको कुरा इङ्गित गरेको छ ।

संगठनका प्रमुख स्थानहरूमा उहाँले छनोट गर्नुभएका व्यक्तिहरूले अहिलेसम्म देखा परेका नतिजा र बदनामीतिर नै लानेछन् किनकि योग्य, उपयुक्त र सक्षम व्यक्तिहरूको संख्यामा नाटकीय ढङ्गले कमी आएको छ । यस सन्दर्भमा हामी जनमानसलाई सचेत गराउनु जरुरी रहेको सम्झेका छौँ र श्री रामलाल बम्जनको संगठनसँग व्यवहार गर्दा अत्यधिक सावधानी अपनाउन सबैलाई आह्वान गर्दछौँ ।

उहाँले दिनुभएका प्रवचनहरूमा बुद्ध धर्मका आधारभूत सिद्धान्तहरू पनि समाहित भएको देखिने हुनाले तिनलाई त्यत्तिकै राख्ने निर्णय गरिएको छ ताकि पाठकहरूले यी सामग्रीहरूको बारेमा आफैँ राय बनाउन सक्नुहुनेछ । उहाँलाई प्रत्यक्ष रूपमा महत्वपूर्ण सवालहरू सोध्ने र स्पष्ट एवं प्रत्यक्ष प्रत्युत्तर पाउने सम्भावना नरहेकोले पाठकहरूले आफ्नै विवेक प्रयोग गरेर उहाँकै निर्देशनको फलस्वरूप उहाँका आसेपासेहरूले गरेका वास्तविक क्रियाकलापहरूको सन्दर्भमा ती प्रवचनहरूलाई परीक्षण गरी तिनको वैधताको बारेमा राय बनाउन सक्नुहुनेछ ।

भविष्यमा हामी संगठनभित्र संवाद र सहकार्यको माध्यमबाट टुङ्गो नलागेका सबै सवालहरूलाई जनमानसमा उजागर गर्दै लानेछौँ, र हामीलाई आशा छ, यी कुराहरू बाहिर आएपछि यस्ता ज्यादती र अनैतिक व्यवहारहरूलाई निरन्तर रूपमा फैलिन नदिन आवश्यक परिस्थितिको सिर्जना हुनेछ । हामीलाई यस कुराको पनि आशा छ कि करुणा, सत्य र एकताको पवित्र उद्देश्य कुनै एक व्यक्ति, श्री रामलाल बम्जन भन्दा पनि महत्वपूर्ण हुन् र तिनै लक्ष्य र उद्देश्यहरूलाई कुनै अपवाद बिना सबै मानवको साझा लक्ष्य र उद्देश्य बनाउन सक्नेछौँ ।

त्यस्तो समय नआएसम्म, यस वेबसाइटलाई अहिलेसम्म सक्रिय रूपमा के के कुरा लुकाइयो र के के कुरा झूट बोलियो भन्ने कुरा आम जनमानसमा ल्याउनको लागि एउटा हब (क्रियाकलापको केन्द्र) को रूपमा प्रयोग गरिनेछ ।

News

Mr Ramlal Bomjon has given a response, which doesn't say much.



Full story

It is an event that I have witnessed with my own eyes, the kind of event you'd wish never to have seen. It's the account of the tragic death of the white horse of Ramlal Bomjon.



Full story

Instead of apologizing for the illegal detention of Ms Takacs, the theft of her belongings and the abuses made by the entourage of Ramlal Bomjon, two years later the campaign of defamation continued.



Full story

Commenting the statement of the website run by Mr Semyon.



Full story

Lies get you into more lies, that get you into more lies and more problems...



Full story

We are receiving questions from devotees addressed to Ramlal Bomjon.



Full story

Ram's girl friend, called Guru Ama by the devotees, her repeated pregnancies.



Full story

An illustration of how propaganda gets built, how legends are created, how fanaticism encourages the distortion of the truth. Fanaticism starts from an exaggerated zeal to show devotion and ends up in a sad misleading propaganda.



Full story